तेज राईको छलाङ्ग :-मामुली कामदारदेखि १२ हजार आल्मुनियम उद्योगीका अगुवासम्म

1
1659

@महेश्वर गजुरेल

सायद दुःखलाई चिनेर सघर्ष नगरेको भए आज उनी कुवाको भ्यागुतो जस्तै हुन्थ्ये होला ! त्यही हिजोको संघर्षले राजधानीमा आज उनको परिचय फेरिएको छ । एउटा कामदारबाट उठेर आज उनी सफल उद्यमी बनेका छन् ।उनको  स्ट्रक्चर वर्ल्ड प्रा लि  मार्फत झण्डै २५ जना नेपाली युवाहरुले रोजगारी पाइरहेका छन् । यतिमात्र होइन,झण्डै १२ हजार व्यवसायीका अगुवा पनि बन्न सफल भएका छन् ।

 

कुनै समय राजधानीका घरहरुमा काठको झ्या ढोका राख्ने चलन थियो । यो चलनलाई विस्तारै विस्थापित गर्दै छ आल्मिुनियमका झ्याल ढोकाहरुले ।

काठको तुलनामा धेरै सस्तो हेर्दा पनि चिटिक्क र आकर्षक देखिने, खिया नलाग्ने,नलच्किने,खोल्दा तथा बन्द गर्दा आवाज पनि नआउने लगायतका दर्जनौ फाइदाका कारण काठमाडौंमा घर निर्माण गर्ने हरेकका रोजाईमा पर्न थालेको छ आल्मिुनियमका झ्याल ढोकाहरु ।

आज यो क्षेत्रमा झण्डै १२ हजार हाराहारीका व्यवसायीहरु आवद्ध छन् । विस्तारै यस्ले पनि उद्योगको रुप लिदैछ जहाँ ३ लाख बढी नेपाली दाजुभाईले रोजगारी पाएको आंकडा छ ।

जतिखेर नेपालमा प्रजातन्त्र आयो त्यही बर्ष नेपालमा भित्रियो आल्मिुनियम । २८ बर्षको यो अवधिमा आल्मुनियमले आज देशको आधा हिस्सा ओगटिसकेको छ ।

तेज वान्तवा राई अहिले आल्मिनुयिम व्यवसायी संघका अध्यक्ष हुन् । आजको यो श्रृंखलामा हामीले उनै बान्तवाका केही कुराहरु खोतल्ने प्रयास गरेका छौं :-

२०३२ साल जेष्ठ २२ गते खोटाङको चिसापानीमा जन्मेका वान्तावा जब मनभरी सपना बोकेर भित्रिए काठमाडौं नगरी ।

थिएन उनीसँग कुनै लक्ष्य । कोरिएको थिएन् जिन्दगीको गोरटो । हिडिरहेका थिए उनी बाटोमा । पुग्नु थिएन कतै । जानु थिएन कतै । मात्र हिडिरहेका थिए । थिए त केबल चलायमान ।

प्रिय कहाँ छ र यो काठमाडौं शहर । जस्ले पाइलै पिच्छे दिन्छ ठक्कर र हण्डर । धेरै काम गरे,धेरै साहु फेरे । तर फेरिएन् उनको जिन्दगीको नक्सा । फेरिएन उनको ललाटबाट दुखको चक्र ।

एउटा समस्या टारिरहे,अर्काे समस्यासँग पैठेजोरी खेलिरहे । कवि भुपी शेरचनकै नियती भोगिरहे उनी पनि । दिनभर टोकिरह्यो रुपैयाले रातभर टोकिरह्यो उपियाँले । मनमा सपना थियो उच्च शिक्षा हासिल गर्ने तर तगारो बनेर अगाडि उभियो पैसारुपी पहाड । अभाव र तनावको ग्राफ यसरी चुलिँदो थियो कि यो विरानो शहरमा पैसाको अभावले सँग कलेज धाउन सके न त बिहान बेलुका छाक टार्न नै ।

खोटाङबाट काठमाडौं खाल्डो भित्रिएपछि भोगे पैसा नहुनुको पीडा । धन नभए पछि आफ्ना नि शत्रु भए ।
गाँउमा वूढापाकाले भन्थे,धेरै पटक उनले सुने पनि ‘बाबु जीवनमा सबथोक खानु तर हरेश नखानु ।’

अनेक हण्डर र ठक्कर खाएनन् उनले हरेश । जीवको गति अझैं बढाइरहे । स्टेरिङ घुमाइरहे । स्पिड बढाइरहे । सुख र दुख कुमालेको चक्र । बुझेका थिए उनले दुःखसँग भागेनन् । मुकाविला गरिरहे ।

सायद दुःखलाई चिनेर सघर्ष नगरेको भए आज उनी कुवाको भ्यागुतो जस्तै हुन्थ्ये होला ! त्यही हिजोको संघर्षले राजधानीमा आज उनको परिचय फेरिएको छ । एउटा कामदारबाट उठेर आज उनी सफल उद्यमी बनेका छन् ।उनको  स्ट्रक्चर वर्ल्ड प्रा लि  मार्फत झण्डै २५ जना नेपाली युवाहरुले रोजगारी पाइरहेका छन् ।

आज उनी २५ जना नेपाली दाजुभाईलाई रोजगारी दिने उद्यमी बनेका छन् ।

तेज वन्तवा राई
अध्यक्ष,आल्मुनियम व्यवसायी संघ नेपाल (अल्पान)

यतिमात्र होइन,झण्डै १२ हजार व्यवसायीका अगुवा पनि बन्न सफल भएका छन् ।

यही चैत्र १५ गते अल्पानको बार्षिकोत्सव छ । उनी त्यही चटारोमा थिए अल्पान कार्यालयमा ।

हामीले उनलाई फर्काउन खोज्यौं फ्ल्यासब्याकमा । विगतका दिनमा के बन्छु भन्ने कुनै ठूलो सपना थिएन् । ०४७ सालमा उनी जानी नजानी जोडिए यो पेशामा ।

बिस्तारै यस्को तान्दै गयो । उनको मन खिच्दै गयो । र २५ बर्षको संघर्षको प्रतिफल उनी यही क्षेत्रका अगुवा बन्न सफल भए ।
सामान्य परिवारमा जन्मेका राई उच्च शिक्षा अध्ययन गर्ने सपना बोकेर भित्रिएका थिए राजधानी । तर,शहर र गाउँको फरक अकाश र जमिनजस्तै ।

अनेक उतारचढावसँगै उनले साहु फेर्दै काम गरे । आफू खारिदै गए । निखारिदै गए र बने अकबरी सुन । हुन त विदेशमा सयौं बर्ष अघि यसको थलानी भएको भए पनि नेपालमा भित्रिएको छोटो समयमानै आल्मुनियमले धेरैको मन जित्न सफल भएको छ । राई भन्छन् ‘आज यो व्यवसायप्रती आम नेपालीको रुची बढ्दै गएको पाईन्छ ।’

त्यही कारण हो यो २८ बर्षको अन्तरालमा आज शहरका गल्ली गल्लीमा आल्मुनियम कारखाना भेट्न सकिन्छ । व्यवसायका पसल पनि उस्तै रहेको छ । नेपालमा नै बसेर यही माटोमा पसिना बगाउछु भन्ने सोच भएका व्यक्तिहरुका लागि यो व्यवसाय अत्यन्त राम्रो व्यवसाय बन्न पुगेको छ ।

आज यो व्यवसायमा झण्डै ३ लाख युवाहरुले रोजगारी पाएका छन् । शिकारु कामदारले ८ हजारसम्म लिइहरेका छन् भने यही व्यवसायबाट मासिक २ देखि ३ लाखसम्म कमाउनेहरु पनि छन् ।
काम गर्न सजिलो, थोरै लगानीले पनि काम गर्न सकिने । १ जना हेल्परकै भरमा पनि काम गर्न सकिने भएका कारण यो व्यवसायप्रति रुची बढ्दै छ ।

हरियो बन नेपालको धन , आल्मुनियम लगाँउ, वन जंगल जोगाउँ भन्ने मुल नाराका साथ भित्राइएको आल्मुनियम आज हिमालको चुचुरादेखि तराईको फाँट सम्म पुग्न सकेको छ ।

वातावरणमैत्री आल्मुनियम पेशाले नेपालको बनजंगल वचाउन ठूलो टेवा पु¥याएको राईको कथन छ ।
काठ या अरुको तुलनामा काम गर्न छिटो,हेर्दा धेरै नै आर्कशक र धेरै नैै सस्तो भएको हुनाले आज यो पेशा र व्यवसाय फष्टाउदै गएको निष्कर्ष निकाल्छन् ।

तर राई पछिल्लो समयमा केही झोले व्यक्तिहरु यो क्षेत्रमा प्रवेश गरेका कारण यो उद्योगमा केही दाग लागेको बताउँछन् । विना दर्ता कम्पनीप् चलाउने, अल्पानले निर्धारण गरेको बजारमूल्य भन्दा निकै सस्तोमा काम गरेर बजार बिगारिदिने झोलेहरु बढेको र त्यस्तालाई नियमन गर्न खोजिएको राईको कथन छ ।

प्रति स्क्वाएर फिट ८० रुपैंया भनिएता पनि ५० रुपैंयाका काम गर्ने र बजार बिर्गानेहरु बढेका कारण व्यवसाय संकटमा परेको छ ।

राईका अनुसार,विना दर्ता काम गर्ने व्यतिलाई कारवाही गर्न राज्य चुकेकै कारण समस्त व्यवसायी समस्या भोग्न विवश छन् ।

बजार आज धेरै नै प्रतिस्पर्धामा छ ग्राहकहरु सस्तोका साथै राम्रो सामानको अपेक्षा गरिरहेका छन् । तर, सस्तो र राम्रो दुवै सम्भावना नभएको कारणले केही बदमासहरुका कारण घरधनीहरु पनि ठगिएका छन् ।

राज्यले यहि कुरालाई मध्यनजर ग¥यो भने यस्ता व्यवसाइहरु आफैं हात धुन विवश हुने र घरधनीहरु पनि ठगिनबाट बच्ने उनको तर्क छ ।

पछिल्लो समयमा युपिभिसिले बजार ओगट्दै गएको तर आम उपभोक्तालाई युपिभिसि भनेको प्लास्टिक मात्र हो भन्ने ज्ञान नहुँदा ठगिएको जिकिर पनि गर्दछन् उनी । युपिभिसिका सामानहरु केहि बर्षमा फुट्ने, केहि समयमा घामको तापले रबरहरु झर्ने जस्ता समस्याहरु देखा पर्ने हुँदा युपिभिसिभन्दा आल्मुनियमका सामाग्री नै उत्तम हुने उनको टिप्पणी छ ।

1 COMMENT

  1. मेरो बारेमा खोतलेर मीठो र बिस्त्रित रुपमा रसिलो लेख बनाएर “फिचर समाचार” मा पस्किनु हुने हरी गजुरेलज्यूलाई र edevnews.com परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । केही तथ्यहरु अपुरा भए पनि लेखमा दम छ र नै त 1K भन्दा बढी शेयर भएको रहेछ, खुशी लाग्यो ।

LEAVE A REPLY