चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो यस्तो छ उनको आफ्नो कथा

0
77
 
नेपालका उद्योगी विनोद चौधरी अर्वपतिहरुको सूचिमा १५६७औँ स्थानमा परेका छन् । अमेरिकाको चर्चित फोब्र्स पत्रिकाले सार्वजनिक गरेको २०१७ का अर्वपतिहरुको सूचिमा उनी गत वर्षकोभन्दा १० स्थान माथि उक्लेका हुन् । गत वर्ष उनी सो सूचीको १५७७औँ स्थानमा थिए । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । यसरी धेरै प्रयासका कारण उनी १५६७ स्थानमा पुग्न सकेका छन् तर, यो स्थान सम्म आउन उनका पनि आफ्नै कथा रहेका छ ।
९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।
चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टील, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाई सेन्स लिन उपयोगी बन्यो।
तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे। दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो।
देशले आर्थिक उदारीकण नीति लिएपछि बैंक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।
अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी पनि विनादसँग छ।
विनोद सधै पावर निकट बस्छन्। पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए। पावर हुनेसँग विनोद छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो।
मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा दुई वर्षअघि सार्वजनिक भएको थियो। अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ। विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै थिए। मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए।
सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रूपमा लगानी विस्तार गरेपछि सिजीमा अझै आधुनिक व्यवस्थापन र संस्थागत सुशासनको अभाव देखिन्छ। वाइवाइले वार्षिक कारोवार कति गर्छ, सिजी टेलिभिजन नाफा छ या नोक्सानमा। यो अहिलेसम्म सीजीले सार्वजनिक गरेको छैन। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। भारतमा रिलायन्स वा टाटा ग्रूपले जस्तो आम सर्वसाधारण नेपालीलाई आफ्नो कम्पनी र अर्थतन्त्रसँग जोड्ने क्षेत्रमा पनि सीजी पछि परेको छ। सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ। तर, यी स्टक एक्सेन्जमा कारोवार हुने कम्पनीमा सीजी समुहको लगानी हुनुले कुनै प्रभाव पारेको छैन। सेयर बजार कम्पनी र लगानीकर्ताको छवि नाप्ने व्यारोमिटर पनि हो। तीन वर्ष अघि सीजीले नेपाल बङ्गलादेश बैंकको सेयर किन्दै छ भन्ने हल्ला बजारमा आउँदा सेयर बजार प्रभावित भएको थियो। आम सर्वसाधारणलाई सेयर दिदां प्रतिफल पनि धेरैले पाउंछन्। रिलायन्सको सेयर किनेर घरखर्च चलाउने भारतमा थुप्रै सर्वसाधारण छन्। सर्वसाधारणलाई सेयर दिएको भएर नै रिलायन्स प्रति धेरैको सम्वन्ध गासिएको छ। सीजीले सेयर बजारलाई वेवास्ता गरेको छ। सेयरले कम्पनी र एउटा परिवार मात्र होइन धेरैलाई धनी वनाउंछ।
सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रूपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन। पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरू अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’मा छन्। चौधरीका सामु अर्को सिधा मुद्धा राष्ट्र बैंकसँग पनि जोडिएको छ, यही राष्ट्र बैंकमा खनाल बोर्ड मेम्वर छन् र त्यो पनि प्रभावशाली। तर उता विनोद चौधरी आफ्नो लगानी विदेशमा फैलाउन चाहन्छन्, जसको अनुमति राष्ट्र बैंकले दिंदैन। केही साता अधि चौधरीले भारत, थाइल्याण्ड, मलेसिया र खाडी लगायका मलुकमा अर्बौं रूपैयाँको लगानी सम्वन्धी योजनाहरू सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको योजनाका लागि कतारमा बस्ने छोराहरूले पैसा जुटाउन सक्दैनन्। त्यसका लागि उनले वैधरअवैध रूपमा नेपालबाटै पैसा लैजानुपर्दछ, वा नेपालबाटै लगानी गरेको पैसाबाट पैसा बनाउनुपर्दछ। किन भनें यो मामिलामा चौधरी यस अघि फसिसकेका छन्, पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रूपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। चौधरीको यही बैंक खाताका वारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी केही महिनापछि चौधरी समूहको सानेपास्थित विल्डिङबाट भुइँमा खसेर मरेको अवस्थामा भेटिए। नेपाल प्रहरीले यसलाई आत्महत्याका रूपमा सावित गर्‍यो, तर त्यतिवेला चौधरीको अवैध आम्दानीमा अनुसन्धान गर्ने अधिकृतहरू भने यसलाई रहस्मय मृत्युका रूपमा लिन्छन्। चौधरी हाउसमा भएको रहस्यमय हत्याको न्युज रोके बापत कतै नआए पनि यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। चौधरी यस अधि नै महालक्ष्मी सुगरमिलमा पनि फसिसकेका छन्। उनी महालक्ष्मी सुगरमिलकै मुद्दाका कारण धन्न कालोसूचीमा पर्नबाट जोगिएका थिए। तर मुद्दाले अदालत, संसदीय समिति, अर्थमन्त्रालय र राष्ट्र बैंकमा भने ठूलै उथलपुथल ल्यायो।

LEAVE A REPLY