आफ्नो भ्यालेन्टाइन लाई दिनुहोस यो पुस्तक उपहार

0
270
उपन्यासकार भन्छन् आचकलका टिनएजर्स फाष्टफुड माया गर्छन् । आज लभ भोली ब्रेक अप । यो कृति प्रेम दिगो होस भन्ने उदेश्यले लेखेको हो । कृतिमा किशोर र किशोरीबीचको मात्र होइन्,आमा र छोरा, बुबा र छोरीबीचको प्रेम अनि आफन्तहरुबीचको प्रेमलाई समेटिएको छ उक्त फेब्रुअरी १४ भित्र । संसारको जग नै मायाले अडिएको छ । संसार विपरीत लिङ्गीको माया र प्रेमका कारणले टिकेको छ । 
प्रेम के हो ? यस्का बिषयमा धेरैले आफ्नो परिभाषा दिएका छन् । कतिले प्रेमलाई दुई आत्माको मिलन भनेका छन् । मनोक्रान्तीको अभियन्ता डा योगी विकाशानन्दले अविवाहितहरु प्रेमको प्भावले र विवाहितहरु प्रेमको अभावले बर्बाद हुन्छन् भनिदिए । बास्तवमा प्रेमका भोगाई अनुसारका परिभाषा कोर्नेहरु पनि छन् । प्रेमका बिषयमा धेरै लेखक,साहित्यकारहरुले कृतिहरु लेखे । ती कृतिहरुको भीडमा आफूलाई पृथक ढंगले उभ्याउने प्रयास गर्दैछ १४ फेब्रुअरीले । जो पुस्तक हालै मात्र बजारमा आएको छ । यस अगाडि फाइभ मन्थ नामक उपन्यास बजारमा ल्याइसकेका उपन्यासकार निमेष पौडेलको यो दोश्रो कृति हो । २३८ पृष्ठ लामो यो पुस्तक बुलबुल प्रकाशनले बजारमा ल्याएको छ ।
नेपालीहरु कोही उच्च शिक्षाका नाममा त कोही वैदेशिक रोजगारीको बहानामा विदेशिने क्रम बढ्दो छ । यही अत्यासलाग्दो अवस्थामा दुरी टाढा हुँदा प्रेम घट्छ ? उपन्यासकार निमेष पौडेल भन्छन् यस्तो अवस्थाले माया र प्रेम घट्दैन । बरु झनै माया गाढा हुन्छ । माया भन्ने चिजै यस्तो हो जहाँ। माया गर्ने मान्छे जती टाढा भयो त्यती नै माया झन गाढा बनिदिन्छ । र त्यो माया नै मिठो हुन्छ , रसिलो हुन्छ भन्ने कुरा १४ फेब्रुअरी भित्र पढ्न पाइन्छ ।
तर आजकलको प्रेममा स्वार्थ मिसिएको हुन्छ । जब प्रेममा स्वार्थ मिसिन्छ त्यो माया बन्छ । अनि जब मायाबाट स्वार्थ निकालिन्छ त्यहाँ प्रेम निस्कन्छ । माया र प्रेमबीचको फरक पनि पढ्न पाइन्छ यही कृतिमा । संसारको सबैभन्दा चोखो प्रेम कस्ले गर्छ ? यस्ता प्रश्नको उत्तर पनि छ उपन्यासभित्र ।
निमेष पौडेल
उपन्यासकार
उपन्यासकार भन्छन् आचकलका टिनएजर्स फाष्टफुड माया गर्छन् । आज लभ भोली ब्रेक अप । यो कृति प्रेम दिगो होस भन्ने उदेश्यले लेखेको हो । कृतिमा किशोर र किशोरीबीचको मात्र होइन्,आमा र छोरा, बुबा र छोरीबीचको प्रेम अनि आफन्तहरुबीचको प्रेमलाई समेटिएको छ उक्त फेब्रुअरी १४ भित्र । संसारको जग नै मायाले अडिएको छ । संसार विपरीत लिङ्गीको माया र प्रेमका कारणले टिकेको छ ।
कल्पना  गरौ त यदी बिपरीत लिङ्गी नहुँदो हो भने के हुन्थ्यो ? यो संसार नै अडिदैन थियो यहि कारणले हो आमाले सबै भन्दा बढी माया छोरालाई गर्ने र बुबाले आफ्नी छोरीलाई । यो उपन्यास सबै बर्गका पाठकले पढ्न मिल्ने ढंगले लेखेको निमेष सुनाउँछन् । पारिवारिकदेखि साथीभाईको आत्मियता समेत प्रेमले नै गर्छ । प्रेमको कारणले मानिसले ती दुई व्यक्तिसँग कहिले पनि झुटो बोल्दैन । पहिलो जसलाई ऊ धेरै नै मायाँ गर्छ दोस्रो जसलाई उसले चाडै नै गुमाउँदै छ ।
उपन्यासमा माया गर्ने प्रेमीकालाई सबै कुरा बताँउछ र झुट कहिले पनि बोल्दैन र आफ्नो यो उपन्यासको प्रमुख पात्रले आफ्नो आमालाई गुमाउने क्रममा रहेको छ । मायामा मान्छेले धेरै कुरा गुमाउन पनि पुग्छ । एक बुहारीले दाईजोमा के ल्याईन यो कुरा सबैले सोध्छन् ? तर, त्यही बुहारीले आफ्नो घरको सारा चिज त्यागेर उ पराईको घरलाई आफ्नो सम्झेर आएकी हुन्छे । उस्ले त्यगोका कुराहरु के के हुन त्यो कसैले पनि पुच्दैन् । र दुनिँया नै यस्तै छ जहाँ केही पाउनको लागी केही त गुमाउनै पर्छ । जब माया एक तर्फी हुन्छ भने दर्द चौतर्फी हुन्छ । यहि दर्दको कारणले नै यो १४ फेब्रुअरी खुलेको हो । यो यस्तो उपन्यास हो , जसले एकै चोटि दुईओटा काम गर्छ – मन सफा गर्छ र दिमाग खराब गर्छ ।
कृतिले समय अनुसारको प्रेम वा समाज अनुसारको पे्रम देखाउन खोजेको छ । फ्रेमअनुसारको प्रेम पनि दर्शाउछ । उपन्यासकार भन्छन् प्रेम निष्ठावान् भएर विप्लवी पनि छ र विप्लवी भएर पनि निष्ठावान् छ । र प्रेम यस्तो चिज हो जो “विश्वासमा” रोपिन्छ, “भरोसामा” बढ्छ “श्रद्धामा” फत्रिन्छ “आशामा” जिउछ “आधुनिकतामा” घायल हुन्छ, “महत्वकांक्षाले” बिरामी पर्छ र “शंकाले” मर्छ ।
उपन्यासकारले प्रेममा शंका नगर्न,भरोसा बढाउन सबै प्रेमिल मनहरुसँग आग्रह गर्दछन् ।
प्रस्तुति : महेश्वर गजुरेल

LEAVE A REPLY