अमेरिकाले ओसामाका छोरा हमजामाथि राख्यो ११ करोड रुपैयाँ इनाम

0
140
अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर अर्थात (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरे ।
ओसामा विन लादेनका छोरा ३० वर्षीय हम्जा विना लादेनले अल कायदाको नेतृत्व सम्हालिरहेका छन्। जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । अमेरिकी सेनाले ओसामा विन लादेनको हत्याको बदला लिने अभियानमा रहेको भन्दै उनका छोराले एक भिडियो सन्देश जारी गरेका थिए। सन् २०११ मा हम्जा विन लादेनको निर्देशनमा अमेरिकी सेनाविरुद्ध भएको कारबाहीका क्रममा तीन हजारको मृत्यु भएको छ। कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ ।
हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया सबारका छोरा हुन् जो एबटाबादको एक परिसरमा आफ्ना श्रीमान ओसामा बिन लादेनसँग बसिरहेकी थिइन् । गत वर्ष अगस्टमा हमजाले बिन लादेनले वर्ल्ड ट्रेड सेन्टरमा हमलाका अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेको खबर आएको थियो ।
द गार्डियनसँग कुरा गर्दै ओसामा बिन लादेनका सौतेनी भाइ अहमद र हसन अट्टाले विवाहको पुष्टि गरेका थिए ।

LEAVE A REPLY