श्रीमानले आगो लगाएर घाईते भएकी महिलाको मृत्यु


धनुषा सिरेश्वर नगरपालिका ८ मा बस्ने फातिमा हजरा खातुनलाई उनका श्रीमानले शरीरमा मट्टीतेल छिर्केर आगो लगाएका थिए । २४ वर्षिया खातुनलाई श्रीमानले सम्बन्धविच्छेद गर्न दबाव दिदा उनले नमाने पछि शरिरमा आगो लगाएका थिए । उनको आगोबाट झण्डै ६० प्रतिशत शरिर जलेको थियो । यसरी आगो लागि घाईते भएकी खातुनको किर्तिपुर स्थित स्किन अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ ।

Comments

comments