अझै काम अन्योलमा


 


तोकिएको समय सकिनै लाग्दानी नारायणगढ मुग्लिन सडकखण्डको निर्माण कार्य सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनीले रकम बढि मागे पछि भिता काट्ने कि क्यान्टिलिभर राख्ने भन्ने कुराको टुंगो अझै लागेको छैन । मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको नौ ठाउँमा गरी १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नु पर्ने हुँदा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा यो काममा दिलासुस्ति भईरहेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । जुन ठाउँमा क्यान्टिलिभर राख्ने भनिएको हो त्यो ठाउँमा अग्ला पहाड भएका कारण ५.५ मिटर फराकिलो भएको भित्ता काटेर ७.५ मिटर फराकिलो बनाएको जानकारी आयोजनाका इन्जिनियर शिव खनालले दिनुभयो । साथै त्यहाँको पहाड अग्लो भएका कारण पनि भिता काट्ने काम अप्ठारो भएको छ, जसका कारण पनि क्यान्टिलिभर नै त्यहाँको लागि उपयुक्त रहेको उल्लेख गर्नुभयो । उक्त क्षेत्रमा माथि अग्लो पहाड र तल ठाडो भिर भएकाले पनि काममा असजिलो भएको छ । यो ठाउँमा क्यान्टिलिभरको निर्माण गरी सडक चौडा बनाउने योजना रहेको छ जसका लागि ठेकेदार कम्पनिले पाँच करोड भन्दा बढि रकम माग गरेको हँुदा आयोजनाले सरकारी नियम अनुसार मात्रै दिने उल्लेख गरेको छ । सुप्रिम राताहाले ठेक्का पाएको उक्त क्षेत्रको काम अहिले सम्ममा ७४ प्रतिशत मात्र भएको छ ।

Comments

comments