गाउँनै रित्तोहुने गरि बाहिएका मनाङका वासिन्दा विस्तारै घर फर्किदै


प्रत्येक वर्ष जाडोयाममा मनाङका वासिन्दाहरु चिसो छल्नको लागि जिल्ला वाहिर जाने गर्छन । यसरी चिसो छल्न व्यापारिक कामका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर जिल्ला वाहिर गएका वासिन्दाहरु विस्तारै तातो हुनथाले पछि घर फर्किने गरेका छन । घर फर्के लगतै गाउँका स्कुलहरु पनि संञ्चालनमा आउन थालेका छन भने सवै जना आफ्नो काममा व्यस्त हुनथालेका छन । मनाङमा प्रार्यजसो एक सिजनमा मात्र कृषिवालि हुने भएकाले जाडो मौसम सकिए लगतै किसानहरु बालिनालि लगाउनका लागि पनि घर फर्किने गरेका छन ।

Comments

comments