एशियाली विकास बैंकले १० अर्वको ऋण सहयोग गर्ने


नेपाल सरकारलाई एशियाली विकास वैंकले रु १० अर्व ऋण सहयोग गर्ने भएको छ । स्थानिय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचना निर्माण गर्नको लागि ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सो परियोजना अन्र्तगत १६ जिल्लाका ३८८ किलोमिटर ग्रामिण सडक संञ्चालनमा ल्याइने छ । भने परियोजनाबाट ७५ लाख ग्रामिण जन्तालाई कृषि सडकसम्म पुग्नको लागि सहज हुने छ, जसका कारण व्यवसायिक कृषि र उत्पादकत्वमा वृद्धि हुने छ । ग्रामिण भेगको कृषि उत्पादकलाई यातायातसम्म सहजै पुर्याउने बातावरण सिर्जना गर्नको लागि एशियाली विकास वैंकले यो ऋण सहयोग प्रदान गरेको देशीय निर्देशक खामुदाख्नोभले बताउनुभयो ।

Comments

comments