किसानहरु जडिबुटि संकलनमा अग्रसर


आजभोली हिमाली र उच्च पहाडी भेगका किसानहरुले जडिबुटि संकलनबाट मनग्य आम्दानी गर्दै आएका छन । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत विभिन्न १० वाटा जिल्लाका किसानहरुले जडिबुटि संकलनलाई राम्रो व्यवसायीक माध्यम बनाउन थालेका छन । किसानले चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको संकलन गर्दै आईरहेका छन । किसानले जंगलमा खेर गैरहेका जडिबुटिलबई संकलन गरी राम्रो आन्दानी गरिरहेका छन । किसानले यसरी संकलन गरेको यो जडिबुटि नेपालगैज, भैरहवा लगाएतका स्थानमा किन्न चाहने उद्योगलाई अनुदान,सहयोग गर्ने परियोजनाका निर्देशक विजयकान्त झाले जानकारी दिंए । झाका अनुसार जंगलमा भएको जडिबुटि संकलन गर्ने मात्र नभएर जडिबुटिको संरक्षण गर्न पनि किसानलाई सिकाईएको जानकारी दिंए । १० वटा जिल्लामा ८७ वटा सहायक परियोजना पनि संञ्चालनमा रहेका छन । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजना छ ।कृषि उत्पादनमा ह्रास आउन थालेपछि यसरी किसानहरु पनि जडिबुटितिर बढि अग्रसर भएका छन ।

Comments

comments