लागु औषधसहित एक जना पक्राउ


वीरगंजबाट  बा४ख ६५९६ नम्बरको बसमा काठमाडौ आउदै गरेका नृपकुमार शाहलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । बहोदरामाई नगरपालिका पर्साका २२ वर्षिया नृपकुमारलाई महानगरिय प्रहरी प्रभाग नागढङ्गाले चेकजांच गर्ने क्रममा ९०० एम्पुल सहित उनलाई पक्राउ गरेको हो । अहिले उनलाई थप सोधपुछका लागि महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको प्रभागले जानकारी दिएको छ ।

Comments

comments