अबको केहि महिना भित्र कलंकी को जाम देखि मुक्त


काठमाडौको सबै भन्दा धेरै गाडी जाम हुने ठाउँ कलंकी यो कुरा त सबैलाई थाहा होला पक्कै पनि तपाईहरु एकन एक चोटी जाममा पर्नुभएको छ यो समस्या एकजनाको मात्र नभई सबैले सास्ति खादै आउनु परेको छ  । तर अब त्यो समस्याबाट चाडै नै मूक्ति पाउँनुहुने छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको र ६ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको छ। सो सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिनेछ । ।
काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्याल भन्नुहुन्छ अहिले सम्म ७५ प्रतिशत कार्य सम्पन्न भैसकेको छ । कोटेश्वर देखि धोबीघाट सम्मको साइड लेनको कालो पत्र गर्ने काम पनि सम्पन्न भएको छ । त्यस्तै रेटेजिङ, वाल, सवारी कुद्ने पुल,र आकाशेपुलको निर्माण भैसकेको छ भने बाँकि काम को कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो । अहिले कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, यसरी सबैतिरको काम एकै पटक भैरहेको जानकारी दिनुभयो ।
इञ्जिनियर अर्यालले भन्नुभयो, चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, । अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ । यो सडकखण्डको निर्माण कार्यमा करिब ६० जना नेपाली कामदार छन भने २०० जना चिनियाँ कामदार रहेका छन । जसमा निर्माण कार्यको प्राविधिक जनशक्तिमा पुरै चिनियाँ नागरिक छन भने अदक्ष कामदारमा भने चिनियाँ र नेपाली दुबैले गरिरहेका छन । पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।” यो सडकको निर्माण कार्य १ अर्बको लगानिमा भैरहेको छ । यो सडक निर्माण भएपछि सबैले दिनहु व्यहोर्नु परेको त्यो समस्या हटेर जानेछ ।

Comments

comments